Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ । परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रूपमा हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।14458864_10208968201475005_1990411099_n

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलवार साँझ न्युयोर्कमा आयोजना गर्नुभएको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा महतको भेट भएको हो । उक्त समारोहमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच सङ्क्षिप्त कुराकानी भएको थियो ।

त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री डा महतले जानकारी दिनुभयो । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकामा परिस्थितिबस स्थगित भएको जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया