Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

सुरुङ्गा – नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधानमा खोट लगाउने ठाउँ नभएको बताउनुभएको छ ।

आज झापाको दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व सभामुख समेत रहनुभएका उहाँले संविधानसभाबाट प्राप्त नेपालको संविधानमा खोट लगाउने ठाउँ छैन भन्नुभयो । संविधान समझदारीको साझा दस्तावेज भएको बताउँदै उहाँले सबैले भनेजस्तो र चाहेजस्तो संविधान नभए पनि त्यसलाई परिमार्जित गर्दै लान सकिन्छ भन्नुभयो ।

नेता नेम्बाङले नेपालको संविधानलाई विश्वले उत्कृष्ट मानेको र महिलालाई राष्ट्रपति, सभामुख, प्रमुख न्यायाधीशसम्म बनाउन सक्ने मार्गनिर्देश गरेको उहाँको भनाइ थियो । नयाँ संविधान आदिवासी, जनजाति, महिलामैत्री भएको समेत उहाँले दाबी गर्नुभयो ।

एक फरक प्रसङ्गमा उहाँले प्रदेशको निर्वाचनपछि प्रदेशको नामाकरण गर्न सकिने भन्दै असन्तुष्ट दललाई संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया