Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – राजनीतिक पार्टीका नाममा सङ्गठित अपराध गर्दे आएको समूहले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

आज काठमाडौँ आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले राजनीतिक पार्टीका नाममा अपराधिक गतिविधि गर्दै आएको माओवादी कम्युनिस्ट केन्द्र र त्यसको भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्सको घटनामा संलग्नता देखिएको बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न रामेछाप दिमीपोखरीका शङ्कर लाखे र सिन्धुली लाम्पाङ्टारका चन्द्रबहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका लाखेसहित आठ जनालाई गत साउन ६ गते काठमाडौँको डल्लुमा आइडियल मोडेल स्कुलको भ्यानमा आगजनी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरी आगजनी मुद्दामा कारबाही चलाएकामा लाखे काठमाडौँ जिल्ला अदालतबाट साधारण तारेखमा छुटेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य योजनाकार विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा र योङ कम्युनिस्ट फोर्सका संयोजक सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सो पार्टी तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा सहभागी हुनुअघि हतियारसहित भागेका लडाकूहरुले गठन गरेको भेटिएको आयुक्त थापाले जानकारी दिनुभयो ।

दलको आवरणमा विभिन्न आपराधिक गतिविधि गर्दै आएको सो समूहले विसं २०६९ मा सरकारसँग वार्तासमेत गरेको, विसं २०७१ मा आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा नेपालगन्जमा सरकारलाई हतियार बुझाएको प्रहरीले जनाएको छ । विसं २०७१ असारमा कलङ्कीमा मनबहादुर चदराको यार्सागुम्बा लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा सो पार्टीका अध्यक्ष देवन्द्र महत र महासचिव केशव दाहालसहित चार जनालाई परिसरबाट चोरी मुद्दा लगाएको खुलेको छ ।

घटनामा संलग्न अन्यको पनि पहिचान खुलेको र खोजी कार्य भइरहेको आयुक्त थापाले बताउनुभयो । आज बिहान करिब ४ बजेको समयमा बौद्धको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सो सूमहले सिलिण्डर बम विष्फोट गराएको थियो ।

त्यसैगरी नारायणटारको एम्बेस्डर स्कुल, इस्टपोल स्कुल र राई स्कुल, बौद्धको बालसञ्चार, डल्लुको कञ्चनजङ्घा र सानेपाको रेडियन्ट एकेडेमीमा पनि सो समूहले शङ्कास्पद वस्तु राखेकामा केही स्थानको बम निष्कृय गरिएको थियो भने केही ठाउँमा नक्कली बम रहेको खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया