Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

embassy-2-okटोकियो – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले संबिधान पाएको ठिक १ वर्ष पुगेको अवसरमा आज टोकियोस्थित नेपाली दूतावासको आयोजनामा राष्ट्रिय दिवस मनाईएको छ ।

दूतावासले एक समारोहको आयोजना गरी राष्ट्रिय दिवस मनाएको हो । राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै जापानका लागि कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले राष्ट्रिय दिवसको उपलक्ष्यमा सबैमा शुभकामना ब्यक्त गर्नुभयो । संबिधान पाएको पहिलो वर्ष पुरा गरेको अवसरमा उहाँले समस्त नेपाली दाजुभाइ, दिदीबहिनी तथा जापानी मित्रहरुमा शुभकामना दिनुभएको हो ।

सो समारोहमा नेकपा माओबादी केन्द्रका नेताहरु देव गुरुङ, लिलामणि पोखरेल र युवराज चौलागाईँको पनि बिशेष उपस्थिति रहेको थियो । नेताहरु एक कार्यक्रमका लागि केही दिन अगाडि जापान आउनुभएको हो ।

समारोहमा बिभिन्न क्षेत्रमा संलग्न नेपाली तथा जापानीहरुको बाक्लो उपस्थिति रहेको थियो । जापान र नेपालको राष्ट्रियगानबाट राष्ट्रिय दिवस समारोह सुरु गरिएको थियो । रात्रीभोजसहितको सो समारोहमा लब्धप्रतिष्ठित जापानी तथा बिदेशी पाहुनाहरुको उल्लेख्य उपस्थिति थियो । ***

तपाईको प्रतिक्रिया