Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – दसैँ आउँदै गर्दा जनावर प्रेमका आवाजहरु पनि बढ्दै गएका छन् । जनावर पनि यही संसारका सिर्जना भएको भन्दै जनावरप्रति हुने दुव्र्यवहार रोक्न आग्रह गर्दै आइतबार ललितपुरमा एक कार्यक्रम गरियो ।

भारतबाट सुरु भएको इन्डिया युनाइट्स फर एनिमललाई ऐक्यबद्धता जनाउन कार्यक्रम गरिएको कार्यक्रमकी आयोजक अजिता पाण्डेले बताउनुभयो । किस्ट अस्पतालको अडिटोरियम हलमा भएको कार्यक्रममा अस्पतालका निर्देशक प्रोफेसर ऋषिकेश नारायण श्रेष्ठले सभ्य समाजमा मानवअधिकार र प्राणी अधिकारलाई उही रूपमा लिनुपर्ने बताउनुभयो ।

त्यसैगरी सडकमा छाडिएका कुकुरलाई पुनःस्थापना गर्ने स्नेहाज् केयरकी सञ्चालक स्नेहा श्रेष्ठले कुनै समय घरमा पालिएको कुकुरलाई आफूले बेवास्ता गर्दा मरेको क्षणको स्मरण गर्दै उक्त घटनाबाट प्रभावित भएर आफूले सडकमा घाइते भएका कुकुरको संरक्षण गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछि आफूले साह्रै माया गर्ने कुकुरले सडकमा विष हालेर राखिएको खानेकुरा खाएर मरेछ । त्यसले मलाई धेरै दुःखी बनायो ।’

त्यस्तै नेपाल शाकाहारी संघका सचिव प्रकाश आस्थाले प्राणी मात्रको जय होस् भन्ने हाम्रा शास्त्रहरूले जनावरप्रति गरिने निर्दयतालाई घोर पाप मानेको बताउनुभयो । उहाँले प्राणी हिंसालाई घटाउने सबैभन्दा प्रभावकारी उपाय शाकाहारी जीवन अपनाउनुभएको बताउनुभयो । आयोजक अजिता पाण्डेले प्राणीहरुको पक्षमा कानुन बनाउन र जनावरप्रतिको निर्दयिता घटाउनका लागि आइतबार विश्वका ८० सहरमा यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् ।

उस्तै प्रक्रियाले आमाको गर्भमा जन्मेर आएका प्राणीलाई हामी मानवजातिले प्लेटबाट हटाउन अबेर भइसक्यो । कार्यक्रममा गढीमाईमा प्रत्येक पाँच वर्षमा हुने गरेको पशु बलीको भिडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्राणीकल्याणको क्षेत्रमा लामो समयदेखि संलग्न प्रमदा साहलगायतका विशिष्ठ व्यक्तिहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया