Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइतबारदेखि तीन दिनसम्म संविधान दिवस मनाईंदैछ । पोहोर असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको सम्झनामा दिवस मनाउन लागिएको हो । व्यवस्थापिका संसदले आइतबार विशेष समारोह आयोजना गरेको छ ।

दिउँसो हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान्यायाधीश, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, विशिष्ट कर्मचारी, सांसद लगायतको उपस्थिति हुने संसद सचिवालयले जनाएको छ ।

असंलग्न देशको शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका उपरराष्ट्रपति नन्दबहादुर पुन पनि संविधान दिवसका कुनैपनि कार्यक्रममा सहभागी हुनुहुने छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सोमबार हुने मूल समारोहमा सहभागी भएर अमेरिका जाने कार्यक्रम छ । यसैबिच नेकपा एमालेले सोमबार छुट्टै कार्यक्रम गरेर संविधान दिवस मनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया