Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

सुनसरी – सप्तकोसी नदीमा डुंगा पल्टिँदा १३ जना बेपत्ता भएको पुष्टि भएको छ । डुंगा सवार भएका ५९ जनाको नाम संकलन गरिएकोमा ४६ जनाको उद्धार भएको छ ।  डुंगामा सवार बाँकी १३ जना अहिलेसम्म सम्पर्कमा नरहेकाले उनीहरु नदीमा डुबेको आंशका गरिएको छ ।

dhunga

डुंगा पल्टिँदा हराएका मध्ये १० जनाको पहिचान खुलेको छ । डुंगा पल्टदा सुनसरीको प्रकाशपुर श्रीलंका टप्पुका रेखा झा, पुजन झा, मिना झा बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ ।

यसैगरी डुङ्गा पल्टिँदा पार्वती चन्द्रवंशी, सकुन्तला चन्द्रवंशी, तुफानी मण्डल चन्द्रवंशी, सीता कबिरथ, बननादेवी साह, डोकु चन्द्रवंशीकी १२ वर्षकी छोरी र अर्का १२ वर्षका बालक बेपत्ता भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापाँगाईंले जानकारी दिनुभयो । अन्य तीन जनाको भने अझै नाम खुल्न सकेको छैन ।

सुनसरीको प्रकाशपुर–५ र ४ नम्बरबाट प्रकाशपुर बजार हिँडेका उनीहरु शनिबारदेखि सम्पर्कमा नरहेकाले डुंगा पल्टिँदा बेपत्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  सुनसरी र उदयपुर प्रहरीले श्रीलंका टप्पुमा गएर गरेको तथ्यांक संकलनबाट हराएकाको प्रारम्भीक नाम संकलन भएको हो ।

डुंगामा ५९ जना सवार भएको पुष्टि भएको प्रहरीले जनाएको छ । हराएकाको खोजीका लागि आइतबार पनि बिहानैदेखि नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयका डुंगा परिचालन भएका छन् । सुनसरीको प्रकाशपुर स्थित श्रीलंका टप्पुबाट प्रकाशपुर बजार तर्फ आँउदै गरेको डुंगा शनिबार दिउँसो सप्तकोसी नदीमा पल्टिएको थियो ।

तपाईको प्रतिक्रिया