Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको उत्तिकै जिम्मेवारी रहेको बताउनुभएको छ ।

नवोदित कलेज सामाखुसीले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री केसीले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्ने र तराई– मधेसमा देखिएको समस्या समाधानका लागि सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको जिम्मा काँग्रेस, एमाले वा (माओवादी)को मात्र होइन मधेसी दलको पनि उत्तिकै जिम्मेवार रहेको छ ।”

मन्त्री केसीले प्रजातन्त्र स्थापना भएको ६५ वर्षपछि अनेक आरोह अवरोहकाबीच संविधान निर्माण भएकाले यसलाई सफल कार्यान्वयन गर्नु सबै दलको साझा जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्र कुनै पार्टीको पद्दति नभइ देशको पद्दति भएको भन्दै यसलाई संस्थागत कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको छ भन्नुभयो ।

मन्त्री केसीले शिक्षाको विकास र विस्तारमा निजी क्षेत्रले ठूलो भूमिका निर्वाह गरेको उल्लेखगर्दै शिक्षा क्षेत्रको उन्नयनका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नवोदित कलेजका प्राचार्य एवम् उच्च माध्यामिक शिक्षा सङ्घ (हिसान)का सचिव राजेन्द्र अधिकारीले शिक्षा क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिकाको राज्यले कदर गर्नुपर्ने बताउनुभयो ।

उहाँले रोजगारको सिलसिलामा दैनिक विदेसिएका जनशक्तिलाई रोक्न व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै “राज्यले समयानुकुल शिक्षालाई परिस्कृत र परिमार्जन गर्दे लैजानुपर्छ भन्नुभयो ।  विद्यालयका अध्यक्ष केदारनाथ खनाल, नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्ट, प्राध्यापक दशरथ न्यौपाने, सहप्राचार्य जीवी अधिकारीलगायतले परिणाममूलक शिक्षा अहिलेको आवश्यकता रहेकाले यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा कक्षा १२ उर्तीण गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया