Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

सुनसरी – सुनसरीको प्रकाशपुरस्थित कोसी नदीमा डुंगा पल्टिँदा २३ जना सम्पर्कविहीन भएका छन् । डुंगासँगै डुबेका २० जनाको भने उद्धार गरिएको छ ।

डुंगामा कति जना थिए भन्ने एकिन नभइसकेको प्रहरीले जनाएको छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा सुनसरीको राजाबासमा कोसी नदीमा पल्टिएको हो ।

स्थानीय रबिन घिमिरेका अनुसार डुंगामा ५० जना भन्दा बढी यात्रु थिए । प्रकाशपुरमा लाग्ने हाट भर्न जाने क्रममा धेरैजना चडेकाले डुंगा पल्टिएको हुनसक्ने अनुमान गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया