Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेकपा माओवादीको लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानविन निष्कर्षमा पुग्न थालेको जनाएको छ । akhitar

आयोगले शुक्रवार साँझ गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारको सम्बन्धमा परेको उजुरीका बारेमा तदारुकताका साथ अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर निर्णय प्रक्रियामा सहभागी हुनुभएका महत्त्वपूर्ण पदाधिकारीहरुलाई अनुसन्धानको दायरामा ल्याएका छौँ ।’ ३० दिनभित्र उहाँहरूलाई जवाफका लागि आमन्त्रण गरेका छौँ, जवाफ आएपछि निष्कर्षमा पुग्छौं ।

अनियमितताको सम्बन्धमा यसबीचमा समेत बुझ्ने काम भएको तथा आयोगसँग महत्त्वपूर्ण कागजात रहेको उहाँको भनाइ छ । पत्रकारले ती आरोपी पदाधिकारी को हुन भनेर सोधेको प्रश्नमा प्रवक्ता कार्कीले भन्नुभयो,‘तपाईहरुले बुझ्नुभएकै छ, बुझ्नुहोस न ।’ राज्यको जुनसुकै पदमा भए पनि उनीहरू दोषी ठहरिए उन्मुक्ति नदिईने उहाँको भनाई छ ।

यसैगरी आयोगले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अल्पकालिन, दीर्घकालीन निर्णय प्रक्रियामा सहभागी हुने, राज्यलाई असर पार्न सक्ने निर्णय गर्नेहरुलाई समेत अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया