Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

रामेछाप – सदरमुकाम मन्थलीबाट शुक्रबार दिउँसो मन्थली नगरपालीका १३ को बडिमुहानका लागि छुटेको ना ५ त ७७५८ नम्बरको ट्याक्टर वडिमुहानको राम्चेमा दुर्घटना हुँदा ट्याक्टरका सहचालक सिन्धुली लाङपाङटारका नविन कार्कीको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

मन्थली नगरपालीका–१३ का काजीदाश श्रेष्ठ, बाबुराम विक, शम्भु रम्तेल र निलहरी राम घाइते भएका छन् । उनीहरुको सबैको मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टरमा मन्थली नगरपालीका–१३ को वडिमुहानमा लिफ्ट सिस्टमको खानेपानीको लागि बिजुलीको पोल र खानेपानीको पाइप बोकेर गएको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टरमा धेरै सामाग्रीहरु भएको र कच्ची सडकमा सहचालकले मोड काट्न नसक्दा दुर्घटना भएको हो ।

शव पोष्र्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया