Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा आज दिल्लीस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ ।

उक्त रात्रिभोजमा भारत सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता एवम् कूटनीतिक नियोगका प्रमुखको सहभागिता थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने रहेको बताउँदै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप विस्तार गरेको छ भन्नुभयो ।

नेपाल–भारत सम्बन्ध राजनीतिक, ऐतिहासिक, सांस्कृतिक एवम् जनस्तरमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – दुई देशबीचको यस्तो सम्बन्धले दुबै देशका जनताको भाग्य तथा आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने छ ।

उहाँले गत वर्षको भूकम्पमा भारत र भारतीय जनताले पुर्याएको सहयोग र सहानुभूतिप्रति आभार पनि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया