Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

दमौली – तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहादुर घर्ती र हरिबहादुर लामा घाइते भएका छन् ।

सोही दुर्घटनामा परी बसमा रहेका १२ जना यात्रु घाइते भएका छन् । सामान्य अवस्थाका घाइते प्रहरीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुने बसका दुई यात्रुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थाका अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट पोखरा आउँदै गरेको नं५ख ४०३३ नंको बसले भोर्लेटारबाट बेँसीसहरतर्फ जाँदै गरेको बा१झ ७३७९ नं को प्रहरीको भेनलाई उक्त ठाउँमा ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् । बस चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया