Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बेलायत– खेलको क्रममा मैदानमै लडेका बेलायतका एक फुटबलरको निधन भएको छ । बेलायतको नन लिग फुटबल क्लब शाव लानेका डिफेन्डर २६ वर्षका ड्यानिएल विलकिनसन सोमबार राति ब्रिगहाउस टाउनसँगको खेलको क्रममा मैदानमै लडेका थिए ।

danny

लगतै उनको मैदानमै प्राथमिक उपचार गरिएको थियो । त्यसपछि उनलाई नजिककैको अस्पताल लगिएको र उनको उपचारको क्रममा निधन भएको क्लबले जनाएको छ । हल सिटीका पूर्व खेलाडी विलकिनसन मैदानमा लड्नु अघिसम्म  शाव लानेले २–० को अग्रता लिएको थियो ।

उनी खेलको ६० औं मिनेटमा मैदानमा लडेका हुन् । क्लबले उनको निधन भएको जानकारी गराउँदै उनी राम्रो खेलाडी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया