Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

बनेपा –  काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माण कार्य थालिएको छ ।

रविओपी,पात्लेखेत,जैसीथोक,कटुञ्जेबेँसी, चण्डेनीमण्डन, बोल्देफेदेचीलगायत ३० गाविस र बनेपा नगरपालिकामा २८७ घर निर्माणाधीन अवस्थामा रहेको सहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनमा सरकारले परिचालन गरेका इन्जिनियर सहभागी भएकाले भूकम्प प्रतिरोधात्मक घर बनाउन सहज हुने उहाँले बताउनुुभयो । सुवालले अनुदान सम्झौता भएका गाविस तथा नगरपालिकामा पुनःनिर्माणको काम पनि तीव्र भएको उल्लेख गर्दै निर्वाचन क्षेत्रअनुसार इन्जिनियर परिचालन हुने भएकाले इन्जिनियरको दरबन्दी पनि घटाउने तयारी भएको बताउनुभयो । पुनःनिर्माणका लागि १५१ इन्जिनियरको दरबन्दी रहेको जिल्लामा अब १३९ जना कायम गरिने भएको छ ।

लाभग्राहीसँग अनुदान सम्झौता भएका गाविस तथा नगरपालिकालाई प्राथमिकतामा राखेर पुनःनिर्माणको काम भएको उल्लेख गर्दै उहाँले दसँैको मुखमा अनुदान सम्झौता तीव्र बनाइएकाले अनुदान सम्झौताको रकम दुरुपयोग हुनसक्नेमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया