Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – प्रधामन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि हुने आफ्नो भारत भ्रमण असल नियमतका साथ दुई देशबिच विश्वासको वातारण बनाउन केन्द्रित हुने बताउनुभएको छ ।

pm-prachand-in-parliament

व्यवस्थापिका संसदलाई भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नयाँ विषयमा छलफल गर्ने भन्दा पनि विश्वासको वातावरण बनाउने र पुराना सम्झौतालाई कार्यान्वयनमा लाने आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको हो । भदौ ३० गतेदेखि असोज २ गतेसम्म हुने भ्रमण राजकीय हुने र भ्रमण टोली राष्ट्रपति भवनमा बस्ने पनि दाहालले संसदलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोनजा अघि बढाउने, हुलाकी निर्माणको दोश्रो चरण सुरु गर्ने र  उर्जा व्यापार सम्झौता अर्थात पिटिए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति गर्ने तयारी छ ।

भारतलाई कञ्चनपुरको चाँदनी दोधरा र कैलालीको गौरी फन्टामा गरेर थप दुई नाका खोल्न प्रस्ताव गरेको र त्यसमा भारत सकरात्मक रहेको मंगलबार नयाँदिल्लीबाट फर्किनु भएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया