Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइदै छ । ‘सम्बद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने सन्देशसहित मनाउन लागिएको दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन् । child_carrying_doko

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि हरेक वर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

काठमाडौँसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया