Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।nepal_mahila_sangh

‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने महाधिवेशन यही भदौ ३१ गतेसम्म चल्नेछ । महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ । महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खान बस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने अध्यक्ष डा डीला सङ्ग्रौलाले बताउनुभयो ।

त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी आउनुभएको छ । २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो । स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मिना पाण्डे, उमा अधिकारी, अम्बिका बस्नेत र हाल डा डीला सङ्ग्रौला सङ्घको अध्यक्ष हुनुहुन्छ ।

सङ्घको अध्यक्ष पदका लागि उमा रेग्मी र मिना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । रेम्मी देउवा र सिटौला प्यानलकी संयुक्त उम्मेदवार हुन भने पाण्डे पौडेल पक्षकी उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया