Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

b]zeQm hgu0ftflGqs df]rf{ u7g df]xg j}B g]t[Tjsf] g]skf-qmflGtsf/L dfcf]jfbL_n] lgjf{rgdf efu lngsf] nflu kf6L{sf jl/i7 g]tf l;kL uh'/]nsf] cWoIftfdf / kl/ yfkf ;lrj /x]sf b]zeQm hgu0ftflGqs df]rf{ u7g u/]sf]af/] dªunaf/ kqsf/ ;Dd]ngdfkm{t hfgsf/L lbFb} . tl:a/ M ls/0f e§/fO{, /f;;

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ ।
पार्टीका वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो । मोर्चाको पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार रहनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौँं, तर आवश्यकता अनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौँं । ” महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।
मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म सङ्गठन विस्तारलाई तीव्रता दिइने उहाँको भनाइ छ । यसअघि गत संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया