Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर आज दुईजना घाइते भएका छन् ।

नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते हुनुभएको हो । हबल्दार गुरुङको खुट्टा भाँचिएर छाउनीस्थित सैनिक अस्पतालमा तथा लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो । सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा लिङ्गो उठाउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया