Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो-कास्की पोखरा समाज, जापानको अायोजनामा विविक्यू तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

खानागावा केनको नोवोरितोमा आइतवार भएको कार्यक्रममा पोखरेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने जापानका अन्य संघसंस्थाका प्रतिनिधीहरूको पनि सहभागिता थियो । जापानको व्यस्त दैनिकीबाट पर रहेर सहभागीहरूले वार्वेक्यूमा रिफ्रेसको महसुश गरेका थिए । अाफ्नो क्षेत्रको दाजुभाइ दिदीवहिनीहरूको भेटघाट र सम्बन्ध प्रगाढ बनाउनको लागि समाजले गत वर्षदेखि वार्वेक्यू तथा रमाइलो वजभोज कार्यक्रमको अायोजना गर्दै अाइरहेको छ ।

कास्की पोखरा समाजका अध्यक्ष  शिवप्रसाद पाैडेलले मुख्य प्रायोजक अाँगन रेष्टुरेन्ट लगायत सम्पूर्ण उपस्थितहरूमा धन्यवाद ज्ञापन गरेका थिए । त्यसो त पाैडेलले अागामी दिनमा पनि कास्की पोखरा समाजको विभिन्न गतिविधीहरूमा समाजले सहयोगको अपेक्षा गरेको बताए । वार्वेक्यू कार्यक्रम खड्ग गुरूङको संयोजकत्वमा भएको थियो ।  ***kaski-pokhara-samaj-bbq2kaski-pokhara-samaj-bbq

kaski-pokhara-samaj-bbq3

 

kaski-pokhara-samaj-bbq4

तपाईको प्रतिक्रिया