Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

रसुवा – पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा करिब एक सय मालबाहक ट्रक तथा कन्टेनर रसुवा भन्सार कार्यालयको हाताभित्र रोकिएका छन् ।

स्यापुर–टिमुरे खण्डअन्तर्गत लिङलिङ क्षेत्रको भूभागमा राजमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान लिई आएको करिब एक सय मालवाहक ट्रक तथा कन्टेनर भन्सार हाताभित्र रोकिएका हुन् । रोकिएका ट्रक तथा कन्टेनरमध्ये २७ वटामा स्याउ र अन्यमा लत्ता कपडा रहेको रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत श्याम बस्नेतले बताउनुभयो ।

ट्रक रोकिदा गर्मीका कारण स्याउ भने बिग्रन सक्ने सम्भावना बढेको अधिकृत बस्नेतले जानकारी दिनुभयो । ठूलो पहिरो खसेकाले पहिरो पन्छाउन केही दिन लाग्ने रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताउनुभयो । सहायक प्रजिअ दीपक केसीसहितको टोलीले आज साँझ पहिरो झरेको स्थानको स्थलगत निरीक्षण गरी मङ्गलबार बिहानदेखि पहिरो पन्छाउने कार्य अघि बढाइने जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा दैनिक रु एक करोड बढी राजस्व गुमेको भन्सार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया