Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् ।

नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३  जनामध्ये ८४ हजार  सय ९३ जना पास भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उहाँले जानकारी दिनुभयो ।

नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया