Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

भक्तपुर – राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको शौचालयमा शंकास्पद अवस्थामा सोमबार एक पुरुषको शव फेला परेको छ । केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षे एक पुरुषको शव फेला परेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिनुभयो ।

शौचालय सफा गर्न गएका मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेला पारेपछि प्रहरीलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

लामिछानेले भन्नुभयो – ‘स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै ज्यान गएको हुनसक्छ । प्रहरीलाई बोलाएर शव बुझाएका छौँ । के कारणले ज्यान गयो खोज्ने काम प्रहरीको हो ।’

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अन्य बिरामीले आइतबार पनि आएका उक्त बिरामी सोमबार पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ । मृतकको साथबाट कुनै पनि कागजपत्र नभेटिएको पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया