Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले आजको मितिले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगामी असोज २ गतेका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले भाषाको हिज्जे बदल्ने निर्णयविरुद्ध यही भदौ २४ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको नेपाली भाषाको हिज्जे बदली पाठ्यक्रममा राख्ने निर्णयविरुद्ध उत्प्रेषणको आदेशले बदर गर्न रिट निवेदनमा माग गरिएको छ । “वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषा विज्ञानको विषय हो, संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँगसमेत गहिरोरुपमा सम्बन्धित छ”– रिट निवेदनमा भनिएको छ ।

हिज्जे बदल्ने प्रक्रियागत निर्णयबाट हालसम्म सही मानेको शब्द र वर्णविन्यासलाई अर्कै बनाएर लेख्नुपर्ने बाध्यता रहेको निवेदनमा उल्लेख थियो ।

तपाईको प्रतिक्रिया