Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको बेला विवादित विषयमा बहस नगर्ने बताउनुभएको छ ।

????????????????????????????????????

आइतबार रिपोटर्स क्लब भएको साक्षात्कारमा बोल्दै नेता पुनले भन्नुभयो ‘एमालेले यसो गर्नुहोस्, उसो गर्नुहोस् भन्न मिल्दैन, विवादित विषयमा प्रधानमन्त्रीले बहस गर्नुहुन्न, यो भ्रमण सद्भावको भ्रमण हो ।’नेता पुनले केही राजनीतिक दलहरुले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा अराजनीतिक ढंगले कुटनीतिक सिद्धान्त विपरित बहस छेडेको समेत आरोप लगाउनुभयो ।

नेता पुनले एमालेलाई व्यङ्ग्य गर्दै भन्नुभयो ‘हुन त पार्टीको आफ्नै नीति र अवधारणा हुनसक्छ, तर प्रधानमन्त्रीलाई कसैले पनि राष्ट्रिय हित र स्वार्थको बारेमा पाठ नपढाए हुन्छ ।’साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर जथाभावि बहस चलाइएको आरोप लगाउनुभयो ।

नेता खड्काले एमालेले यो गर त्यो गर भनेर प्रधानमन्त्रीलाई भनेको उल्लेख गर्दै भन्नुभयो ‘यो सरकार सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका संसदबाट निर्वाचित सरकार हो, हिजो ओलीजीले जे गर्नुभयो, त्यही प्रचण्ड सरकारले पनि गर्ने हो भने किन सरकार परिवर्तन गर्नु पर्यो ?’

त्यस्तै फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्धलाई विश्वासको आधारमा अगाडि बढाउन सुझाव दिनुभयो ।  उहाँले नेपाल र भारतबिचको सुमधुर सम्बन्धले नै नेपाल र नेपाली हित हुने बताउनुभयो । कार्यक्रममा बोल्दै संघिय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीको भारत भ्रमण मधेसी मोर्चाले गरेको नाका बन्दीलाई भारतले ग¥यो भनेपछि बिग्रेको सम्बन्धलाई सुधार्नमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया