Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यास बदल्नु पर्ने र त्यसलाई विद्यालयको पाठ्यपुस्तकमा राख्नु पर्नाका कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

अधिवक्ता भद्रप्रसाद नेपाल र पत्रकार टपेन्द्रबहादुर कार्कीले दायर गरेको संयुक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलेको एक इजलासले रिटमाथिको सुनुवाईमा दुवै पक्षलाई झिकाउने आदेश दिएको कार्कीले जानकारी दिनुभयो ।

नेपाल र कार्कीले नयाँ वर्णविन्यास बदल्ने निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाइएको छ ।

तपाईको प्रतिक्रिया