Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो – नेकपा माओवादी केन्द्रको जापानस्थीत भात्तृसंगठनको नागोया क्षेत्रीय एकता अधिवेशनले रामहरी गौतमको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । शनिवार नागोयामा भएको एकता अधिवेशनले सर्बसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा केशव भट्टराई, सरिता अधिकारी, भीम बहादुर घर्तिमगर चयन हुनुभएको छ भने सचिवमा हरिबाबु तामांग, सह सचिवमा सागर मोक्तान कोषाध्यक्षमा पुष्पा भट्टराई चयन हुनुभयो । यसै गरी सदस्यहरूमा दावा शेर्पा, मिलन गौतम, दिनेश तामाङ, किरण पुन, श्रीराम पौड्याल, प्रशान्त शाक्य, अमर बस्नेत सूर्यमान गुरुङ, ज्ञानम रुम्बा तामांग, कृष्ण गुरुङ, हर्क बस्नेत, अमर बस्नेत चयन हुनुभएको छ । 14248069_10208710531052958_518979074_o

कार्यक्रममा प्रमुख अतिथि जनप्रगतिशील मोर्चा केन्द्रीय अधिवेशन आयोजक समितिका सयोजक तथा पार्टी केन्द्रीय समिति सदस्य हर्क थापाले फेरी एक पटक मोर्चा सक्रिय हुने बेला आएको र जापानमा रहेका नेपालीहरू को मनमा बस्ने गरी काम गरेर देखाउने बेला आएको बताउनुभयो । यसै गरी शुभकामना दिँदै मोर्चा सङ्गठन विभाग प्रमुख हवल चन्द्र लामाले एकता पछि हामीमा हौसला पैदा भएको र अब सङ्गठन ले एउटा उचाइ लिनेमा विश्वस्त रहेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष रामहरी गौतम जापानमा मोर्चाले रचनात्मक कार्यहरू गर्दै जापान बासीको मन जित्नु पर्ने रसंगठनलाई गुणात्मक पार्दै लानुपर्ने र त्यो पुरा गर्ने जिम्मेवारी आफुहरुमा आएकोले त्यो पुरा गरेरै देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली जनप्रगतिशील मोर्चाको केन्द्रीय एकता अधिवेशन यही आउँदो १९ तारिख टोकियोमा हुँदै छ । कार्यक्रममा देव गुरुङ, लिलामणि पोखरेल र युवराज चौलागाई लगायतका केन्द्रीय नेताहरूको विशेष उपस्थितिमा हुने मोर्चा स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया