Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – गणित विषयमा विशेषज्ञता हासिल गरेका बुद्धिजीवीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

प्रा.डा राममान श्रेष्ठको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार गएको विज्ञको टोलीले देशभरिका गणितिज्ञलाई अभिनन्दन गर्ने तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । भेटमा प्रधानमन्त्रीले विज्ञानले विकासलाई सुनिश्चित गर्न सक्ने बताउँदै त्यसतर्फ राज्यको ध्यान दिने बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

भेटका क्रममा प्रधानमन्त्रीले भन्नुभयो,‘विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्छ । गणित र विज्ञानलाई जनताको आकाङ्क्षा र समृद्धिसँग जोड्नुपर्छ । ’

तपाईको प्रतिक्रिया