Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको प्रवासी संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोस्रो अधिवेशन सेप्टेम्बर २४ मा हुने भएको छ । टोकियोको शिनओकुबो स्थित नेपाली मुरा हलमा बिहान १० बजेबाट अधिवेशन सुरु हुने आयोजक समितिले जनाएको छ ।

जापानमा रहेका माओवादी सम्बन्ध समाजले आफ्नो दोस्रो अधिवेशन ‘मध्यम वर्ग सहितको एकीकृत जनक्रान्तिमा सहभागी बनौं ! नेपाली जनप्रगतिशील समाज, जापानको दोस्रो अधिवेशन भव्य रूपले सफल पारौं’ नारा दिएर तयारीमा जुटेको छ । ‘एकीकृत जनक्रान्ति’ लाई नेपालमा राजनैतिक क्रान्ति गर्ने कार्यदिशाको रूपमा प्रस्तुत गरेको माओवादीले मध्यम वर्गलाई पनि क्रान्तिको आधार शक्तिको रूपमा परिभाषित नै गरेको छ । 14248004_1177488682307388_1047944698_o

अधिवेशनमा सहभागी हुन नेकपा (माओवादी ) का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड ‘ र स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कन्चन’ जापान आउने निश्चित भएको आयोजले जनाएको छ । गाउँ र सहरमा एकै पटक क्रान्ति गर्ने भन्दै नयाँ कार्य्दिशा प्रस्तुत गरेको माओवादीले आगामी फागुनमा महाधिवेशन गर्ने बताईसकेको छ ।

प्रवासमा जनयुद्वमा सहभागी भएका पूर्व माओवादी नेता, जनमुक्ति सेना तथा कार्यकर्ता देखि सम्पूर्ण प्रवासी नेपालीहरूलाई आफूहरुले प्रस्तुत गरेको क्रान्तिको नयाँ मोडेल ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ बारे बुझाउन पनि माओवादीका उच्च स्तरका नेताहरू जापान आउन लागेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया