Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो – एनआरएन जापानको आयोजनामा गत सेप्टेम्वर ६ र ७ तारिख आयोजना गरिएको नेपाल फेष्टिवलको समीक्षा हुने भएको छ ।
सप्टेम्बर १० तारिख शनिवारको दिन दिउँसो १ बजे सोलमारी हल सिनओओकुवोमा समीक्षा बैठक रखिएको एनआरएन जापानका सचिव बुद्धिराज घिमिरेले जानकारी गराउनु भयो । उहाँले सो बैठकमा कार्यक्रमको समीक्षासहित आयव्यय समेत सार्वजनिक गरिने बताउनु भयो । सचिव घिमिरेले सम्बन्धित सबै संघसंस्था तथा व्यक्तिहरुलाई समीक्षा बैठकमा उपस्थित भइदिन आग्रह समेत गर्नु भएको छ । नेपाल फेष्टिवललाई भव्य रुपमा सफल पार्नको लागि नेपाली दुतावास टोकियो र परराष्ट्र मन्त्रालय जापानले बिशेष सहयोग गरेको थियो भने जापान स्थित विभिन्न संघ संस्थाको सहकार्य रहेको थियो ।

तपाईको प्रतिक्रिया