Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाली जनताको बलिदानबाट प्राप्त हालको संविधानलाई सर्वस्वीकार्य वातावारण बनाउने सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

‘आत्मनिर्भर’ मासिक पत्रिकाको विमोचन गर्दै उहाँले काँग्रेस र माओवादीबीचको सातबुँदे र मधेसी मोर्चासँगको तीनबुँदे सम्झौताका आधारमा संविधान कार्यान्वयन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको र त्यसका आधारमा संविधानमा संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

उहाँले थप्नुभयो– नेपालको संविधानलाई सबैले स्वीकार गरेपछि राजनीतिक पूर्णता पाउँछ र नेपालका सबै समूह, उपसमूहले यो संविधानलाई मानिसकेपछि अटोमेटिकल्ली आर्थिक विकासको ढोका खुल्छ ।”

गृहमन्त्री निधिले सरकार मधेसी, आदिवासी, महिला, थारु सबैलाई संविधानको परिधिभित्र समेट्ने वातावरण बनाउन उद्दत रहेको बताउँदै चैतभित्र स्थानीय तहको निर्वाचन गर्नका लागि ७५ जिल्लामा विभिन्न समूहसँग राय तथा सुझाव लिने कार्य भइरहेको जानकारी दिनुभयो ।

पत्रकार ऋषि धमलाले देशमा राजनीतिक द्वन्द्व समाप्त भए मात्र राजनीतिक स्थायित्व हुने बताउनुभयो । पत्रिकाका अतिथि सम्पादक सुन्दर पन्त र पत्रिकाका किशोर शर्माले देशमा आर्थिक समृद्धि गरी आत्मनिर्भर बनाउने सन्देश जागरण गर्न पत्रिका प्रकाशन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया