Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

जनकपुरधाम – भौतिक निर्माण तथा यातायातमन्त्री रमेश लेखकले अवरूद्ध हुलाकी सडकको निर्माण कार्यलाई दू्रतगतिमा अगाडि बढाइने बताउनुभएको छ ।

ramesh

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अब परिस्थिति अनुकूल भई जटिलताको हल गरिएका कारण पहिलो चरणको अवरूद्ध कार्य तुरून्त सुरू गरिने छ भन्नुभयो ।

मन्त्री लेखकले सरकार हुलाकी सडक निर्माण कार्यमा देखिएका चुनौतीलाई समाधान र व्यवस्थापन गर्न प्रतिबद्ध रहेकाले यसको सफलताप्रति विश्वास गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले गुणस्तरीय सडक निर्माणका लागि विभिन्न संयन्त्र परिचालन गरिएका समेत बताउनुभयो । एक प्र्रश्नको जवाफमा मन्त्री लेखकले संविधानलाई सबै नेपालीको दस्तावेज बनाउने सन्दर्भमा आवश्यकपर्ने परिमार्जनमा सबै दलको सहमति प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया