Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

सोल – उत्तर कोरियाले परमाणु परीक्षण गरिएको पुष्टि गरेको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमले परमाणु परीक्षण सफलतापूर्वक गरिएको जनाएको हो । सरकारी टेलिभिजनले परमाणु परीक्षणको पुष्टि गर्दै यसले उत्तर कोरियाको सैन्य क्षमता निकै मजबुत हुने जनाएको छ ।

kim-jong

विज्ञहरुका अनुसार उत्तर कोरियाले निकै शक्तिशाली बम परीक्षण गरेको छ । अमेरिकाले जापानको हिरोसिमामा खसालेको भन्दा झण्डै डेढ गुना शक्तिशाली बम उत्तर कोरियाले परीक्षण गरेको उनीहरुको भनाइ छ । तर परमाणु बम कति शक्तिशाली थियो भन्ने उत्तर कोरियाले प्रष्ट पारेको छैन ।

९ सेप्टेम्बरलाई उत्तर कोरियाले आफ्नो स्थापना दिवसका रुपमा मनाउने गर्दछ । यसै अवसरमा उसले परमाणु बम परीक्षण गरेको हो । परमाणु परीक्षणका क्रममा ५.३ तीब्रताको भूकम्प महसुस गरिएको थियो । यो तीब्रता उत्तर कोरियाले हालसम्म गरेको परमाणु परीक्षणका क्रममा सबैभन्दा उच्च हो । त्यसैले पछिल्लो परमाणु हतियार निकै शक्तिशाली रहेको विज्ञहरुले दाबी गरेका छन् । उत्तर कोरियाले गरेको यो पाँचौं परमाणु परीक्षण हो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले दक्षिण कोरियाली समकक्षीसँग शुक्रबार करिब १५ मिनेट टेलिफोन वार्ता गरेका छन् । उत्तर कोरियाले परमाणु परीक्षण गरेको विषयमा छलफल भएको जनाइएको छ । ओबामाले जापानी प्रधानमन्त्रीसँग समेत टेलिफोन वार्ता गरेको बताइएको छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया