Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चन्द्रकान्त भण्डारीले जनताले प्राथमिक स्वास्थ्य सुविधासमेत नपाएको भन्दै अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।

samsad

मुलुकका अस्पतालमा बोनम्यारो सफल प्रत्यारोपण भएको प्रशङ्ग उठाउँदै उहाँले त्यस्ता चिकित्सक र अस्पातालको उचित व्यवस्थापन गरी सामान्य उपचारका लागि विदेश जानु नपर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गारउनुभयो ।

सांसद निशाकुमारी साहले हुलाकी सडकको छिटो भन्दा छिटो निर्माणकार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै निर्माणको ढिलाइले स्थानीय जनताले दुःख पाएको बताउनुभयो । सांसद भास्कर भद्राले प्रधानमन्त्रीको सम्बोधन बजेटका लागि हो की, नीति तथा कार्यक्रमको के हो आफूले बुझ्न नसकेको बताउँदै सरकारैपिच्छे बजेट र नीति तथा कार्यक्रम आए अन्यौल हुने धारणा राख्नुभयो ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रियस्तरमा मूल्य घटे पनि नेपाल आयल निगमले मूल्य नघटाएको सम्बन्धमा उहाँले सरकारी संस्थानले नै विचौलियाको काम गरिरहेको गुनासो गर्नुभयो । सांसद ब्रिजेसकुमार गुप्ताले स्वास्थ्य सम्बन्धी आधारभूत सुविधा पनि नपाउने जिल्लाका अस्पातालमा दरबन्दीअनुसार चिकित्सक पूर्ति गर्नुपर्ने बताउँदै उपचारका लागि राजनीतिक नेता र हुनेखानेले त विदेश जालान तर जनता कहाँ जाने भनी प्रश्न गर्नुभयो ।

सांसद नरसिंह चौधरीले खण्डित जमिनलाई एकीकरण गरी कम लागतमा बढी कृषि उत्पादन दिइने प्रणालीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवालले प्रधानमन्त्रीको सम्बोधनमा भारत भ्रमणका विषय, कर नतिर्नेलाई कारबाही, देश र जनताको हितलगायत विषय आउनुपथ्र्यो तर आएन भनी टिप्पणी गर्दै प्रधानमन्त्रीलाई भारतको राजकीय सम्मान खोज्नुभन्दा नेपाली जनताको सम्मान खोज्न सुझाव दिनुभयो ।

सांसद महेन्द्र राय यादवले मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेकोप्रति एमालेका एक जना नेताले कालो वर्णका मधेसी भनी टिप्पणी गरेकोप्रति ध्यानाकर्षण भएको बताउँदै यसले मधेसीलाई हेप्ने र मधेसीको आत्मस्वाभिमानलाई आँच पु¥याउने काम गरेको बताउनुभयो । सांसद यज्ञबहादुर थापाले कास्कीमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति संसद्को ध्यानाकर्षण गराउँदै त्यसको उचित व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो ।

सांसद देवकरणप्रसाद कलवारले गण्डक सम्झौताले नेपालको भूमि वर्षामा डुबानमा पर्ने, कटान हुने तथा हिउँदमा पानी नभएर सुख्खा हुने अवस्थाको अन्त्य गर्न प्रधानमन्त्रीले भारत भ्रमणको समयमा स्पष्टसँग आफ्नो कुरा राख्न सुझाव दिनुभयो ।
सांसद विकास लम्सालले २७० दिनका लागि चिट्करो बनाएर गठन भएको वर्तमान सरकारका प्रधानमन्त्रीले विदेश भ्रमणको बारेमा सदनमा कुरा राख्ला भन्ने आश गरिएको बेलामा नयाँ नीति कार्यक्रम जस्तो गरेर चाहना पत्र प्रस्तुत गरेको आरोप लगाउनुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले प्रतिपक्षलाई नयाँ सरकारले प्रस्तुत गरेको प्राथमिकता र कार्यक्रमलाई हेरेर नआत्तिन र हलुका ढङ्गले टिप्पणी नगर्न सुझाव दिनुभयो । उहाँले एक थरीले सरकारले आफना कार्यक्रम ल्याउन नसकेको भन्ने, अर्काे थरिले किन ल्याएको भनी आलोचना गर्ने प्रवृत्ति देखिएको छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया