Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधनप्रति टिप्पणी गर्दै त्यसलाई चाहना पत्रको संज्ञा दिएको छ ।

संसद्को आजको बैठकमा विशेष समयमा बेल्नु हुँदै एमालेका सांसद भीम रावलले यसअघिको सरकारले बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको सन्दर्भमा प्रधानमन्त्री दाहालले संसद्मा गर्नुभएको सम्बोधनको आधार के हो भनी प्रश्न गर्नुभयो ।

संविधानको कुन व्यवस्था अन्तर्गत प्रधानमन्त्रीको सम्बोधन आएको हो भनी प्रश्न गर्दै उहाँले भन्नुभयोे– प्रधानमन्त्री दाहालले सम्बोधनमा उल्लेख गरेको कुरा चाहनापत्र जस्तो लाग्यो । प्रधानमन्त्री दाहालले परराष्ट्र नीति आवेगमा आउनुहुँदैन भने पनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गर्नुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री दाहालको सम्बोधनमा निकट भविष्यमा हुने भारतको भ्रमणका बारेमा केही उल्लेख नभएको भनी आलोचना गर्दै प्रधानमन्त्री दाहालले सन्तुलित परराष्ट्र नीति भने पनि चीनका राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भन्ने समाचार आएको सम्बन्धमा प्रश्न गर्र्नुभयो ।

नयाँ प्रधानमन्त्री आएपछि बोल्नुपर्छ भनेर उहाँले बोलेको होकी भन्ने प्रश्न गर्दै उहाँले भूकम्पपीडित जनतालाई राहत दिने भनी घोषणा गर्ने तर कार्यान्वयन नुहुने गुणासो गर्नुभयो । घोषणा गर्दागर्दै रु आठ लाख भन्यांै तर भूकम्पपीडतले पहिलो किस्ताको ५० हजार पनि पाएका छैनन् सांसद पाण्डेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया