Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – दलित समुदायको संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि त्यस समुदायका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन आजदेखि सुरू भएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा “न्यायालयमा समावेशीकरणः चुनौती, अवसर र सम्भावना” र “दलित समुदायसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था र कार्यान्वयन” लगायत चार कार्यपत्रमाथि छलफल हुने छ । सम्मेलनले काठमाडौँ घोषणापत्र समेत जारी गर्नेछ । सम्मेलन उद्घाटन गर्दै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले दलित समुदायले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्या समाधान गर्दै उनीहरुलाई आर्थिक र शैक्षिक क्षेत्रमा पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद जीवन परियारले सदियौँदेखि उत्पीडनमा पारिएको दलित समुदायलाई राज्यका हरेक क्षेत्रामा समान सहभागिता गराउनुुपर्ने माग गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले दलित समुदायको संवैधानिक अधिकारलाई कार्यान्वयन गर्न सबै दलित समुदायबीच एकता हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया