Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाण्डौ  – नेपाल तरुण दलका एक चौथाई केन्द्रिय सदस्यहरूले समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन् ।

nepal-tarun-dal-pressmeet-768x316

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा असन्तुष्ट पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुण दलको अवैधानिक नेतृत्वले जथाभावि रुपमा कुल्चन खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो ‘विभिन्न जिल्लाको विवाद समाधान नगरी महाधिवेशन हुन्छ भन्ने कसैले सोचेको छ भने केवल कोरा कल्पना हो ।’ उहाँले निर्देशन समिति र केन्द्रिय समितिलाई यो बेला आँखा खोल्ने हिम्मत गर्न चेतावनी पनि दिनभयो ।

कार्यक्रमका सभापति एवम् केन्द्रिय समितिको तर्फबाट नेतृत्व गर्नुभएका रमेशप्रसाद खरेलले विधिसम्वत महाधिबेशन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया