Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथ बाहिर २ किलोमिटरसम्म चल्ने ट्याक्सीले अनिवार्य रुपमा मिटर चलाएरमात्र यात्रु बोक्न पाउने व्यवस्था लागू गरेको छ ।

अब ट्याक्सी चालकले चक्रपथ भित्र र त्यसको २ किलोमिटर बाहिर मिटर अनुसारको भाडामात्र यात्रुसँग लिन पाउनेछन् । प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले चालकले मिटरमा उठेको भाडामात्र यात्रुसँग लिन पाउने बताउनुभएको आजको नागरिक दैनिकमा खबर छ । उहाँले मनपरी चर्को भाडा असुलेको गुनासो यात्रुबाट आएपछि महाशाखाले शनिबार नियम लागू गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो‘अब यात्रुलाई ट्याक्सी चालकले ठग्न पाउने छैन, रिङरोड क्षेत्रमा गुड्ने सबै ट्याक्सीको ट्राफिक प्रहरीले अनुगमन र निगरानी गर्नेछ ।’ यात्रु बसेको कुनै ट्याक्सीमा मिटर सूचारु नगरेको फेला परे ५ हजार रुपैयाँसम्म जरिवाना गरिने ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेथुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया