Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ दिने भएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले रेमिट्यान्सबाट देशलाई ठूलो योगदान दिइरहेका विदेशमा कार्यरत नेपाली समस्यामा पर्ने गरेकाले उनीहरुको उद्धारका लागि ५ लाख सहयोग गर्ने बताउनुभयो । यस्तै प्रधानमन्त्रीले ब्लड मनी तिर्न नसकेर जेलमा रहेकालाई स्वदेश फर्काउन सहयोगका लागि विदेशमै भएका नेपाली र अरु संघसंस्थालाई आह्वान गर्ने बताउनुभयो ।

विदेश भएका नेपालीको गुनासो सुन्न २४ घण्टा सेवा दिने गरी पैसा नलाग्ने टेलिफोन सेवा सुरु गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।  प्रधानमन्त्रीले फोनमार्फत आएका गुनासोको सम्बोधन फास्ट ट्र्याकबाट गर्ने बताउनुभयो । त्यस्तै सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाएर सात लाख पुर्‍याउने भएको छ । अहिले ५ लाख रुपैयाँ दिँदै आएको सरकारले २ लाख रुपैयाँ बढाउने प्रधानमन्त्री दाहालले घोषणा गर्नुभयो ।

ज्यान गुमाएकाको शव घरसम्म पुर्‍याउन समस्या भइरहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सहज बनाउने प्रतिबद्धता पनि जनाउनुभयो ।  प्रधानमन्त्री दाहालले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति तथा बिमा गर्न व्यवस्था मिलाउने घोषणा पनि गर्नुभयो ।  खाडी तथा मलेसियामा कार्यरत नेपालीले पुन श्रमस्वीकृतिको लागि दूतावासबाटै व्यवस्था गर्न माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया