Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

NRN Japan Small- Flashटोकियो – भूकम्पपीडितका लागि जापानका नेपालीहरुले उठाएको राहत रकम बारे एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टलाई लगाईएको आरोपको खण्डन गर्दै एनआरएन जापानले उक्त समाचारको भ्रममा नपर्न अपिल गरेको छ ।
एनआरएन जापानका अध्यक्ष सुदन थापाद्वारा जारी गरिएको बिज्ञप्तीमा यस्ता भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गराउन प्रेरित गर्ने एनआरएन कै जिम्मेवार तहका ब्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्न आइसीसी समक्ष जोडदार माग गरिएको छ । महत्वपूर्ण बैठकमा छलफल भएका आन्तरिक बिषय समाचारमा आउनुले एनआरएनको गोपनियतामाथि गम्भीर प्रश्न खडा भएको भन्दै विज्ञप्तीमार्फत आइसीसीको ध्यानाकर्षण गराईएको छ ।

भूकम्पपीडित राहत कोषबारे एनआरएन जापानको प्रेस विज्ञप्ति जस्ताको तस्तैः
नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा भूकम्प पीडितको नाममा ब्रम्हलुट ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचारमा गैर आवासीय नेपाली संघको एक सच्चा अभियान्ता भवन भट्टको नाम जोडेर आएका कुरा प्रति गैरआवासीय नेपाली संघ जापानको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जानकारी गराउँदै उक्त भ्रमपूर्ण समाचारको एनआरएन जापान खण्डन गर्दछ र उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

बिश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एक बिशुध्द गैर राजनीतिक संस्था हो । तर विभिन्न स्वार्थवश केही गलत मानसिकता भएका ब्यक्तिहरुले गैर आवासीय नेपाली संघको गरिमामा आँच आउने गरी गतिबिधि गर्नु आफैमा दुर्भाग्यपूर्ण हो । एउटा संचारमाध्यममा बदनियतपूर्ण भ्रामक र कपोकल्पित समाचार प्रकाशित भएको र प्रकाशित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि एनआरएन आइसीसीद्वारा कडा कार्वाहीका निमित्त गैरआवासिय नेपाली संघ जापान जोडदार माग गर्दछ ।

गैर आवासीय नेपाली संघको इतिहासमा संस्थाका निमित्त सबैभन्दा बढि योगदान गर्ने तथा सक्रिय रहने अभियन्ताहरुमा सदैव अग्रपंत्तिमा रहनुभएका आदरणीय गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री भवन भट्टज्यूलाई जोडेर रचिएको उक्त मनगढन्ते समाचारमा कुनै सत्यता नरहेको तथा संस्थाको गरिमामा आँच पुर्‍याउने बदनियत देखिन्छ ।

संघका अध्यक्ष श्री शेष घलेज्यूको समेत तस्विर राखेर दुराग्रहपूर्ण तरिकाले उक्त सामाचार प्रकाशित गर्ने नेपाल ब्रिटेन नेपाल डट कमलाई सचेत गराउँदै समाचार प्रकाशित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि कडा कार्वाहीका निमित्त गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संग जोडदार माग गर्दछौं । साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय बैठकलाई उदृत गरि सामाचार आउनुले अन्तर्राष्ट्रिय समन्वय परिषदको गोपनियतामा गम्भिर प्रश्न खडा भएको छ ।

समाचारमा आएका कुराहरुको तथ्यगत खण्डन
१ सम्बन्धित व्यक्ति उपस्थित नभएको अवसर पारी बैठकमा कुरा उठाउनु आफैंमा गलत भएको ।
२ उठेको प्रश्नको संस्थाका जिम्मेवार व्यक्तिहरुबाट स्पष्ट जवाफ आइसके पछि पनि मिडियामा वदनीयतपूर्वक समाचार प्रेषित गरिएको ।
३ भूकम्प पीडितका नाममा उठाइएको पैसा व्यक्तिको खातामा नभै भूकम्पपीडित राहत तथा सहयोग समितिको खातामा रहेको ।
४ उठेको रकम मध्ये ३ करोड जापानी येन एनआरएनए आइसीसीको खातामा पठाइएको (आकस्मिक उद्धार कोषमा) र बाँकी २ करोड ३० लाख १ हजार ७ सय ३ जापानी येन समितिको खातामा रहेको ।
५. यो रकम एनआरएन जापानले मात्रै उठाएको नभै जापानमा रहेको सिंगो नेपाली समुदायमा क्रियाशील राजनीतिक दलहरुका भ्रात्तृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समितिले उठाएको हो ।
६. भूकम्पपीडित राहत कोष समितिले छलफल प्रारम्भ गरि भूकम्प ग्रस्त क्षेत्रमा प्लस टु सम्मको विद्यालय अथवा घर (जापान भिलेज) साथै -सामुयिक भवन मध्ये १ । उपयुक्त निर्माणको लागि जापानबासी नेपालीहरुको राय सुझाब सल्लाहको निम्ति अपिल गरिसकेको अवस्था छ साथै पटक पटक मिडियामा सञ्चित रकम बारे समिति तथा गैर आवासीय नेपाली संघ जापानले जानकारी गराउँदै आएको छ ।

एनआरएन जापान एनआरएनको हरेक अभियानमा अग्रस्थानमा रहेर काम गर्दै आइरहेको सर्बबिदितै छ । हामी आगामी दिनमा पनि अझ उत्साहका साथ अभियानलाई अगाडि बढाउने कुरामा संकल्पित छौं । भूकम्प पीडितको नाममा उठेको १ येन रकम पनि हिनामिना हुनुहुँदैन र वास्तविक पीडित सम्म पुगोस भन्ने मान्यता एनआरएन जापान राख्दछ, चाँडो भन्दा चाँडो सबैको सरसल्लाहमा पीडितका दिर्घकालिन समस्या समाधान हुने खालका कार्यमा सञ्चित रकम उपयोग गरिने छ भन्ने बिश्वाश दिलाउन चाहन्छौं ।

सुदन थापा
अध्यक्ष
गैर आवासीय नेपाली संघ जापान
nrn-1 nrn2

 

तपाईको प्रतिक्रिया