Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको भन्दै २०७४ साल माघ ७ गतेभित्र निर्वाचन गराउने बताउनुभएको छ ।

आज व्यवस्थापिका संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले नेपालको लागि संघीयता नयाँ अवसर भएकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले मधेसी मोर्चाको माग सम्बोधनको लागि संविधान संशोधनको पहल भैरहेको जानकारी दिनुभयो ।

Puspakamal_dahal_380025590

यस्तै असोज मसान्तभित्र स्थानीय तहको संख्या टुंगो लगाइसक्ने प्रतिबद्धता जनाउनुभयो । आन्दोलनरत पक्षको समस्या समाधानमा आफु नेतृत्वको सरकार लागि परेकाले राष्ट्रियताको परिधिमा रहेर समाधान खोज्ने प्रयास भैरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

सरकार र आन्दोलनरत पक्षबिचको तिक्तका कम हुँदै गएको उहाँको दाबी छ । सबै पक्ष उदार भएर सहमति खोज्न ढिला गर्न नहुनेमा जोड दिँदै उहाँले  बाँकी मुद्धामा संवाद र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

भूकम्प प्रभावितलाई यसअघि दिने भनिएको दुईलाख रुपैयाँ अनुदानमा एकलाख रुपैयाँ थपिएको घोषणा गर्नुभयो । छिमेकी देश भारत र चीनमा विशेष दूत पठाएर त्रिदेशिय सम्बन्ध सुदृढ बनाउन सकेको उहाँले दाबी गर्नुभयो । उहाँले शान्ति र स्थायित्व कायम गर्न सरकार प्रतिवद्ध रहेको दाबी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया