Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

bpटोकियो-  नेपाली काँग्रेसको जापानस्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले आफ्नो मातृपार्टी नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातांत्रिक आन्दोलनका धरोहर स्व. विपी कोईरालाको १०२ औं जन्म जयन्ती भव्य रूपमा मनाउने जनाएको छ ।

हालै सम्पन्न विवादित छैठौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले गर्न लागेको पहिलो औपचारिक कार्यक्रम बिपी जयन्तीको अवसरमा ’विपी विचार र वर्तमान नेपालको राजनीतिमा यसको सान्दर्भिकता’ विषयक विचार गोष्ठी पनि गरिने नवनिर्वाचित अध्यक्ष डिपी कँडेलले समुद्रपारिलाई जानकारी दिनुभयो ।

कार्यक्रम भोलि सेप्टेम्बर ९ तारिख शुक्रबार वि.पि. स्मृती दिबसकै दिन दिउँसो ३ बजेबाट नेपाली मुरा हल सोलमारी शिन ओकुबोमा हुन लागेको हो । कार्यक्रममा आयोजकका तर्फबाट जापानबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी, वुद्धिजिवी, पत्रकार, अन्य संध संस्थाका प्रतीनिधी र संस्थाका पूर्व पदाधिकारीहरूलाई समेत उपस्थितिको लागि अनुरोध गरिएको छ । ***

तपाईको प्रतिक्रिया