Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो- गत बर्षको तिहारमा देउसी भैलो खेलेर जापानमा पहिलोचोटी नौलो कार्यक्रमको थालनी गरेको भन्ने चर्चा बटुलेर हौसिएको म्याग्देली सञ्जाल जापानले यस बर्षको दीपावलीमा पनि देउसी-भैलो खेल्ने भएको छ ।  उसो त तत्कालिन नेपाली समाज जापान (NCJ) ले सन् २००० तिरबाटै जापानमा हरेक बर्ष देउसी तथा लक्ष्मी जयन्ती कार्यक्रमको आयोजना गर्दै आएको जानेबुझेकाहरु अझै जापानमा छन् ।
तिहारबिशेष साँगीतिक कार्यक्रमकारुपमा “देउसी साँझ” नाम दिईएको म्याग्देली सञ्जाल जापानको  कार्यक्रम मौलिक नेपाली देउसी-भैलोको परम्परालाई पछ्याउँदै बिदेशमा बसेर स्वदेशको तिर्सना मेटाउने उद्देश्यले आयोजना गरिएको बताईएको छ ।

जिल्लाबासीहरुलाई एकैथलोमा भेला गराई बिशेष देउसीभैलौजन्य मनोरञ्जनसहित सामुहिक तिहार मनाउन र जापानमा रहेका सबै संघसंस्थाहरुबीचको आपसी सम्बन्ध सुदृढ गर्दै शुभकामना आदानप्रदान गर्ने-गराउने वातावरण सिर्जना गर्ने उद्देश्यकासाथ देउसी साँझ कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष महेन्द्र खड्काले बताए ।

जापानमा रहेका चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुतीमा देउसी भैलो, लोकदोहोरी र अन्य बिशेष साँगीतिक कार्यक्रम रहने दोश्रो देउसी साँझ कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन जापानबासी नेपालीहरुलाई आयोजकहरुले हार्दिक अनुरोध गरेका छन् ।
देउसी साँझ कार्यक्रममा हालै एनआरएन जापानबाट एनसीसी तथा आईसीसीमा निर्वाचित पदाधिकारी तथा सदस्य लगायत जापानमा बिभिन्न जिम्मेवारी तहमा पुगेका म्याग्देली समाजसेवी एवं ब्यवसायीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको कुरा आयोजक संस्थाका उपाध्यक्ष महेन्द्र वानियाले बताए ।

मौलिक नेपाली बाजागाजामा लाईभ देउसी र भैलो नै कार्यक्रमको प्रमुख आकर्षण रहने बताईएको छ । कार्यक्रम यहि अक्टोबर २९ तारिख शनिबार साँझ टोकियो गोतान्दाको माया रेष्टुरेन्टमा हुन गईरहेको हो ।

कार्यक्रमः  शुभकामना आदानप्रदान, स्थानिय चर्चित कलाकारहरुद्वारा भैलो-देउसी तथा तिहारबिशेष सांगीतिक कार्यक्रम
मितिः २९ अक्टोबर २०११ शनिबार
समयः साँझ ८ बजेदेखि
स्थानः माया रेष्टुरेन्ट गोतान्दा, टोकियो (JR Yamanote Line Gotanda Station 2 Min. Walk)
प्रवेश शुल्कः  पुरुष १,५०० येन,  महिला १,००० येन  (One Drink & Snack Set)

सम्पर्कः
महेन्द्र खड्का ०८०-३६२५-७८७९
महेन्द्र बानिया ०९०-३४२०-४३४५
खेम मल्ल ०८०-१३६८-६३१३
लिल केसी ०८०-३०१२-९८८२
देवेन्द्र भण्डारी ०८०-१११६-५९८५
छक्कू उदासी ०८०-६५४४-०१५३
बिष्णु बानिया ०८०-४१८१-५३६८
दिलु भण्डारी ०९०-३९११-०२७१
चिरिञ्जीवी शाह ०८०-४०६४-७९७९
जयन्ती श्रेष्ठ ०८०-३५१९-७९६१

थप जानकारीका लागि 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया