Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

full-nepali-movie-pashupati-prasad-640x306काठमाडौँ – सिनेमा सर्कल नेपालले गत वर्ष भरीका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट उत्कृष्ट छनोट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरेको छ ।

यहाँ आज साँझ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुघन सिन्हा, नेपालका लागि भारतीय राजदूत रणजित राय, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो । चलचित्रका विभिन्न २१ विधामा उत्कृष्ट ठहर भएकालाई पुरस्कृत गर्ने क्रममा वर्षको उत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’ र त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।

त्यस्तै, उत्कृष्ट अभिनेता तथा अभिनेत्री क्रमशः चलचित्र ‘कबड्डी कबड्डी’बाट दयाहाङ राई र ‘क्लासिक’बाट नम्रता श्रेष्ठ घोषित भए । त्यसैगरी अनमोल केसी र रेखा थापाले लोकप्रिय अभिनेता र अभिनेत्रीको पुरस्कार हात पारे भने करिश्मा मानन्धरलाई दशककै उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरियो । साथै उद्धवराज भट्टराई (जुङ्गे भट्टराई)लाई दीर्घकालीन साधना सम्मानद्वारा पुरस्कृत गरिँदै रु ५१ हजार प्रदान गरियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले पछिल्लो समयमा व्यावसायिक रुपमा उत्कृष्ट नेपाली चलचित्र बन्न थालेको आफूले महसुस गरेको बताउँदै भन्नुभयो, “विगतमा बनेका कतिपय चलचित्रले समाज परिवर्तनमा योगदान पुर्याएका थिए ।”

सोही कार्यक्रममा बलिउड अभिनेता सिन्हाको आत्मवृतान्त ‘एनिथिङ बट खामोस’को नेपाल संस्करणको लोकार्पण गरिएको थियो । आयोजक सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले आमामी वर्षदेखि हरेक वर्षको वैशाख एक गते ‘एलजी फिल्म अवार्ड’ गर्ने आफूहरुको योजना सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया