Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको आज दिउँसो ४ः२५ बजे उपचारका क्रममा निधन भएको छ ।

यही भदौ १८ गते उपाध्याय चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । पेटको क्यान्सरबाट पीडित उपाध्यायको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि हिजो सामान्य कक्षबाट आइसियुमा राखेर उपचार गरिँदै आएकोमा आज दिउँसो निधन भएको अस्पतालका निर्देशक डा हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि उहाँको भारतको मुम्बइमा लगेर उपचार गरिएपछि स्वास्थ्यमा केही सुधार देखिएको थियो । तर १८ गते अचानक उहाँलाई गाह्रो भएपछि चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।

विसं २००० मा भोजपुरमा जन्मिनुभएका उपाध्याय हाल हाँडीगाउँ बस्दै आउनुभएको थियो । उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट सङ्गीत र अङ्गे्रजी साहित्यमा स्नातकोत्तर गर्नुभएको छ । भारतमा रहेर पनि विभिन्न चलचित्रमा सङ्गीत दिनुभएका उहाँले अमेरिकाको क्यालिफोर्नियाको विश्वविद्यालयमा तबला विषयमै प्राध्यापनसमेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया