Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

dipak-giri

दाङ – सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ ।
उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आज यहाँ आयोजित कार्यक्रमा सो मालाले स्वागत गर्नुभएको हो । मन्त्री गिरीले दाङको विकास निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अवरुद्ध तुलसीपुरको बिमानस्थल सुचारु गर्न पनि पहल गर्ने बताउनुभयो ।
यस विषयमा पर्यटन मन्त्रीसंग कुराकानी गर्ने र तुलसीपुर-सुर्खेत सडकखण्डको रोकिएको कालोपत्रे पुरा गर्न पहल गर्ने उहाँले जानकारी दिनुभयो । आजै नै सिँचाइमन्त्री गिरीलाई तुलसीपुर नगरपालिकाले पनि स्वागत गरेको थियो ।

तपाईको प्रतिक्रिया