Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

gaida

चितवन – चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि निकुञ्जले कडा निगरानी थालेको छ ।
मुख्यगरी जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलमा कडा निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल सञ्चालनमा छन् । चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराइ अगाडि यही साउन २४ गते डुङ्गा बनाउने क्रममा छाडिएको करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । सो घटनामा निकुञ्जले पक्राउ गरेका नौ जनामध्ये अदालतको आदेशानुसार दुई भारतीयसहित चार जना पुर्पक्षका लागि थुनामा छन् । “हामीले होटलमाथि कडा निगरानी थालिसकेका छौँ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो, होटल अनुगमन गर्ने र त्यसका हरेक गतिविधि जानकारी लिने तयारी समेत भएको छ ।”
होटलको लगत समेत लिने निकुञ्जले तयारी गरेको छ । कतिजना कर्मचारी छन् । के के काममा छन् । दर्ता छ कि छैन । राजस्व बुझाएको छ वा छैन । मध्यवर्ती क्षेत्रभित्र के कस्तो गतिविधि सञ्चालन गरिरहेको छ लगायत विषयमा सबै निगरानी हुने कँडेलले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन गरेको छ कि छैन भन्ने विषयमा समेत अनुगमन गरिने निकुञ्जले जनाएको छ । वन, वन्यजन्तु र जैविक विविधताका विरुद्धका कुनै पनि गतिविधि भए त्यस्तोलाई कारबाहीको दायरामा ल्याउने गरी अनुगमन हुने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया