Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

रत्ननगर – तस्करले हानेको छवटा गोली लागेर गम्भीर घाइते भएको दुर्लभ एकसिङ्गे गैँडा उपचार कै मरेको छ ।

शरीरमा लागेको गोलीको छर्रा झिकिएको गैँडा आज दिउँसो मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

गैँडाको शरीरबाट गोली भने निकाल्न सकिएको थिएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको प्राविधिक टोलीले गैँडाको उपचार गरको थियो ।

यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करले हानेको गोली लागेर १५ वर्षको उक्त भाले गैँडा गम्भीर घाइते भएको थियो ।

तपाईको प्रतिक्रिया