Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

Photos pratiogitaकाठमाडौँ – फोटो पत्रकार क्लबको आयोजनामा भइरहेको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ आज सकिएको छ ।

नेपाल आर्ट काउन्सिलमा यही भदौ १६ देखि चलेको फोटो प्रदर्शनी आज सकिएको हो । प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्तीमगर, नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले अवलोकन गर्नुभएको थियो ।

प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिज्म, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा उत्कृष्ट १५० तस्वीरहरू राखिएको थियो ।

विराटनगर, धरान, सौराहा, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनी गरिने फोटो पत्रकार क्लबका उपाध्यक्ष दीपक गाउँलेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया